Wednesday, March 23, 2016

विजयको होली उत्सब ( फोटो फिचर )

गैँडाकोट । नेपालकै उत्कृष्ट सामुदायीक रेडियो बिजय एफएम र बिजय खबर पत्रिकाको आयोजनामा होली उत्सव २०७२ सकिएको छ  । बुधबार एफएम परिसरमा सम्पन्न होलीउत्सवमा एफएम सञ्चालक समितीका पदाधीकारी श्रोता पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुको बाक्लो उपस्थिती थियो । फागुपूर्णीमाको दोस्रो दिन हिजो तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइने हुँदा सामुदायीक रेडियो बिजय एफएमले बिगतका बर्षहरुमा जस्तै होलीउत्सवको आयोजना गरेको थियो । 



रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका उपाध्यक्ष सिद्ध कुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द कंडेल, सहसचिव पूर्णिमा बस्नेत, सदस्यहरु खेमराज सापकोटा, शालिकराम घिमिरे र लेखा समिति सदस्य रविन्द्रनाथ पोखरेलले सामुदायिक रेडियो विजय एफ एमले समुदायको हरेक संस्कृतिलाई संस्कारपूर्ण तवरले उजागरमा ल्याउन भूमिका खेलीरहने बताउनुभयो । यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्दै जेसी गोकुल सापकोटाले होली विशेष कार्यक्रमले समुदायमा एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो । उत्सवले श्रोता पाठक तथा विज्ञापनदाता र शुभेच्छुकबिच आत्मीयता, सद्भाव आत्मीयता भाईचाराको सम्बन्ध अझै प्रगाढ बनाउन सहयोग पू¥याएको एफएमका स्टेशन म्यानेजर ध्रुवमणी पौडेलले बताउनुभयो । कार्यक्रममा लोकदोहोरी नाचगान तथा रोमाञ्चक प्रतीयोगीताहरु भएका थिए । भिडियो हेर्न तलको लिकंमा जान सक्नुहनेछ ।

https://www.facebook.com/vijayafm/videos/1025651214173364/

https://www.facebook.com/vijayafm/videos/1025562924182193/